काठमाडौं । लिभरपुलका गोलकिपर एलिसन ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
क्लबले यसको पुष्टि गर्दै एलिसन नोभेम्बरको अन्तिममा मात्र मैदान फर्कने बताएको हो ।
शनिबार क्रिस्टल प्यालेसविरुद्ध प्राप्त १–० को जितमा एलिसनले चोट बोकेका थिए ।
३२ वर्षका एलिसन ७९ औं मिनेटमा मैदान छाडेका थिए । उनलाई तेस्रो रोजाईका किपर विटेजस्लाव जारोसले स्थानान्तरण गरेका थिए ।
लिभरपुल नयाँ म्यानेजर अर्ने स्लाटको नेतृत्वमा प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । तर एलिसनको चोटले लिभरपुललाई दुख दिएको छ ।
एलिसन पहिलो रोजाईको किपरको रुपमा लिभरपुलमा स्थापित छन् । चोटका कारण उनले महत्वपुर्ण खेल गुमाउने पक्का भएको छ ।