एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले लाजियोलाई २ - १ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा नापोलीलाई जित दिलाउन जोसे कालेजोन र एरिक मिलिकले एक एक गोल गरे । लाजियोका सिरो इमोबाइलले एक गोल फर्काए ।
१० खेलाडीमा सिमित लाजियोविरुद्ध खेलको ३४ औ मिनेटमा जोसेको गोलबाट नापोलीले अग्रता बनाएको थियो । खेलको ३७ औ मिनेटमा एरिकले गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलाए ।
दोस्रो हाफमा लाजियो खेलमा फर्कने कोशिस गर्यो । खेलको ६५ औ मिनेटमा सिरोले गोल गर्दै खेल २ - १ मा ल्याए । तर, खेलको ७० औ मिनेटमा फ्रान्सिस्कोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउदा लाजियो १० खेलाडीमा समेटियो । त्यसपछि लाजियो खेलमा फर्कन सकेन र खेल नापोलीले आफ्नो बनायो ।
यो जितसंगै दोस्रो स्थानको नापोलीले २० खेलबाट ४७ अंक जोडेको छ । र, नापोलीले शीर्ष स्थानको युभेन्ट्सविरुद्धको अंक दुरी ६ अंकमा झारेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ५३ अंक छ ।
जितपछि नापोली तेस्रो स्थानको इन्टर मिलानभन्दा ७ अंकले अघि छ । इन्टरको ४० अंक छ ।