काठमाडौं। अट्याकिङ मिडफिल्डर कोल पाल्मरले इङ्ल्यान्डको वर्ष उत्कृष्ट खेलाडी (सन् २०२३–२४) को अवार्ड जितेका छन् ।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका २२ वर्षीय मिडफिल्डर पामर इङ्ल्यान्डका समर्थकको मनपर्ने खेलाडी घोषित भएका हुन्। स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर जुड बेलिङ्घम दोस्रो र आर्सनलका फरवार्ड बुकायो साका तेस्रो स्थानमा रहे ।
पामरले नोभेम्बर २०२३ मा माल्टामाथि २–० को घरेलु जितमा इङ्ल्यान्डको टोलीमा डेब्यु गरेका थिए। उनले युरो कप २०२४ का पाँचसहित राष्ट्रिय टोलीबाट नौ खेल खेलेका छन्। त्यस अवधिमा दुई गोल गरेका छन्।
उनको एक गोल जुलाईमा स्पेनविरुद्ध गरेका थिए। यो सिजन उनले प्रिमियर लिगका सात खेलमा ६ गोल गरेका छन्। सन् २०१० पछि यो अवार्ड जित्ने उनी पहिलो चेल्सीका खेलाडी बनेका छन्। यसअघि इङ्ल्यान्डका सहायक प्रशिक्षक एश्ले कोलले यो अवार्ड जितेका थिए।