पथरी। मंगलबारे फुटबल क्लब बैगुनधुरा कप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। झापाको बैगुनधुरामा मंगलबार भएको सेमिफाइनलमा जोरमाई फुटबल क्लबलाई १–० ले पराजित गर्दै मंगलबारे फाइनलमा प्रवेश गरेको हो।
अन्तिम सेमिफाइनलमा मंगलबारेका तर्फबाट पूर्वराष्ट्रिय खेलाडी नीरज बस्नेतले गोल गरे। दोस्रो हाफको १३औं मिनेटमा बस्नेतले गरेको गोल नै निर्णायक बन्यो।
खेलको म्यान अफ द म्याचसमेत बस्नेत बने। मंगलबारेले बिहीबार झापाको शनिश्चरे फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।