पथरी। कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबारको खेलमा भुटानी शरणार्थीको प्रतिनिधित्व गर्ने वाइ एफसी विजयी हुँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा केलाङ स्पोर्टिङ क्लबमाथि वाइ एफसीले २–१ को जित निकालेको हो।
वाइ एफसीको तर्फबाट सुमन राई र इश मंगोलले गोल गरे। केलाङका तर्फबाट कुशल तामाङले गोल गरे। राई खेलको म्यान अफ द म्याच घोषित भए ।
मंगलबार येले स्पोर्टिङ क्लब र अमरदह फुटबल क्लबबीच खेल हुने छ ।