काठमाडौं। टोटनह्याम इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको छ।
आइतबार राति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनह्याम ब्राइटनसँग ३-२ ले पराजित भएको हो। जितसँगै छैटौं स्थानमा उक्लिएको ब्राइटनले सात खेलबट १२ अंक पुर्याएको छ।
समान खेल खेलेको टोटनह्याम १० अंकसहित नवौं स्थानमा छ। ब्रेनान जोनसोनको गोलमार्फत २३औं मिनेटमा टोटनह्याले सुरुआती अग्रता लिएको थियो। ३७औं मिनेटमा जेम्स म्याडिसनले टोटनह्याको अग्रता दोब्बर बनाए। तर, दोस्रो हाफमा टोटनह्याम चुक्न पुग्यो।
४८औं मिनेटमा यांकुबा मिन्टेले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे। १० मिनेटपछि नै जियोरजिनियो रूठेले गोल गर्दै खेल ब्राइटनलाई खेलमा फर्काए। निर्णायक गोल भने ड्यानी वेलबेकले गरे। उनले ६६औं मिनेटमा गोल गरेका हुन्।