काठमाडौं। नोनी मडुकेको गोलसँगै चेल्सी इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।
स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोली चेल्सी नोटिङ्घम फरेस्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो। बराबरीसँगै चौथो स्थानको चेल्सीको ७ खेलबाट १४ अंक पुगेको छ।
फोरेस्टको समान खेलबाट १० अंक छ। क्रिस वुडको गोलमार्फत ४९औं मिनेटमा फोरेस्टले सुरुआती अग्रता लिएको थियो। तर, तनावपूर्ण बनेको खेलमा चेल्सीले नोनीले ५७औं मिनेटमा चेल्सीलाई खेलमा फर्काए।
७८औं मिनेटमा जेम्स वार्डले दोहोरो पहेंलो कार्ड पाएपछि फोरेस्ट १० खेलाडीमा समेटिएको थियो।