काठमाडौं। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले अल्भेसलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोना ३-० ले विजयी भएको हो।
जितसँगै बार्सिलोनाले ९ खेलबाट २४ अंक पुर्याएको छ। जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा तीन अंक बढी हो।