काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ब्याटर भीम सार्की काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई चितवन राइनोज, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी काठमाडौं गुर्खाज पुगे।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।