काठमाडौं । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह 'ए' को नेपालले पहिलो खेलमा ओमानसंग खेल्ने भएको हो ।
कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसंग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेलमा आयोजक कतारसंग २४ मार्चमा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसंग मार्च २६ मा खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।
च्याम्पियनसिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् । जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनसिपमा १६ टोलीको सहभागिता रहनेछ ।
नेपालले अहिलेसम्म एएफसी यू-२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो चरणबताई घर फर्कदै आएको छ । यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ ।
खेल तालिका :