काडमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अक्सनमा सुरु भएको छ। सोल्टी होटलमा जारी अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी छन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताका लागि असोज ५ देखि १२ गतेसम्म दर्ता खुल्ला गरिएको थियो। दर्ता भएका ४२६ खेलाडीबाट १४२ जनलाई छनोट गरिएको क्यानले जानकारी दियो।
अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। सहभागी ८ टोलीले अक्सनबाट १० खेलाडी छनोट गर्न पाउनेछन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ। प्रतियोगिताका लागि असोज ५ गते दर्ता प्रकृया खुला गरिएको थियो।
उक्त दर्ता प्रकृया असोज १२ गते बन्द भएको थियो। अक्सनका लागि ४२३ खेलाडी दर्ता भएका थिए। त्यसमध्ये नेपाल प्रिमियर लिग समितिले १४२ खेलाडीलाई अक्सनमा सहभागी गराउने निर्णय गरिएको थियो। तर, केही खेलाडी छुटपुट पनि भएको भन्दै क्यानले अक्सनमा खेलाडी बढाएर राख्ने निर्णय गरेको छ।
यसअघि नै सार्वजनिक भइसकेको सूचीअनुसार ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। एनपीएलको तयारीमा जुटेको क्यानले टिमसहित मार्की खेलाडी टुंगो लगाइसकेको छ।
चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन्। तर, उनीहरू क्यानडा भ्रमणमा छन्।
क्यानका अनुसार एक टोलीमा १६ खेलाडी हुनेछन्। अक्सनमा भने १० खेलाडी मात्रै किन्न पाइनेछ। चार विदेशी खेलाडी आन्तरिक सहमतिमा भित्र्याउन पाइने छ। एक ट्यालेन्ट हन्टबाट खेलाडी राख्नुपर्छ।
अक्सनमा एक टोलीले कुल ९० लाख खर्च गर्नुपर्ने हुन्छ। ग्रेड ‘ए’ न्यूनतम १० र उच्चतम १५ लाख राखिएको छ। ग्रेड ‘बी’मा न्यूनतम ५ लाख र उच्चतम १० लाख छ। ग्रेड ‘सी’मा न्यूनतम २ र उच्चतम ५ लाख रुपैयाँ तोकिएको छ।
उच्चतम मूल्यमा गए लक्की ड्रबाट निर्धारण हुनेछ। एक टोलीले ‘ए’ र ‘सी’ ग्रेडका समान तीन खेलाडी किन्न पाउने छन्। यस्तै, ‘बी’ ग्रेड का चार खेलाडी किन्नुपर्नेछ।
कुनै खेलाडी पहिलो चरणमा अनसोल्ड भएमा अन्तिममा फेरि मौका पाउनेछन्। तर, ग्रेडमा घटुवा हुने क्यानले जनाएको छ।