काठमाडौं। डियोगो जोटाको निर्णायक गोलसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो।
जितसँगै लिभरपुलले सात खेलबाट १८ अंक पुर्याएको छ। जुन डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको भन्दा एक अंक बढी हो। जोटाले नवौं मिनेटमै कोडी गाक्पोको क्रसमा लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।