काठमाडौं। माटेओ कोभासिचको दुई गोलसँगै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पाँचौं जित हात पारेको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली सिटीले फुलह्यामलाई ३-२ ले पराजित गरेको हो।
जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी एकमा झारेको छ। सिटीको सात खेलबाट १७ अंक छ। लिभरपुलको समान खेलबाट १८ अंक छ। सातौं स्थानको फुलह्यामको भने ११ अंक छ।