काठमाडौं। नेपाल अभ्यास खेलमा घरेलु टोली क्यानडाको दोस्रो रोजाइको टोली हाइप्रोफेमेन्ससँग पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपाल तीन विकेटले पराजित भएको हो।
नेपालले दिएको १४४ रनको लक्ष्य हाइप्रोफेमेन्सले ३६.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो। युवराज शर्माले सर्वाधिक ४४ रन बनाए। ५६ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे ।
नेपालका अनिलकुमार साहले सर्वाधिक चार विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन बनाएको थियो। नेपालका अनिलकुमार साहले सर्वाधिक ३४ रन बनाए। ४९ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे।