बारा । विभागीय टिम त्रिभुवन आर्मी क्लब दशौं संस्करणको सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ४ - २ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।
सिमरा रंगशालामा भएको विभागीय डर्बी भिडन्तमा आर्मीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । आर्मीलाई जित दिलाउन टंक बस्नेतले दुई गोल गरे । यस्तै दिपक गुरुङ र सुदिल राईले एक एक गोल गरे । एपीएफका राजन गुरुङ र आशिष लामाले एक एक गोल गरे ।
सिमरा रंगशालामा खेलको ३१ औ मिनेटमा राजनको गोलबाट एपीएफले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४३ औ मिनेटमा आर्मीका टंकले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । तर, ४७ औ मिनेटमा आशिषले गोल गर्दै एपीएफले पुन: २ - १ को अग्रता दिलाए ।
दोस्रो हाफमा आर्मीले एकतर्फी खेल खेल्दै जित निकाल्यो । ७३ औ मिनेटमा आर्मीका दिपकले गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याए । ८६ औ मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३ - २ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४ - २ को जित दिलाए ।
खेलमा आर्मीका दिपक म्यान अफ दि म्याच चुनिए । उनले १० हजार नगद प्राप्त गरे ।
अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जन जागृति क्लबसंग खेल्नेछ ।
नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।