काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले जितसहित एन्फा महिला लिग अन्त्य गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको अन्तिम खेलमा पुलिसले पहिलो चरणबाटै बाहिरिसकेको संकटा फुटबल क्लबमाथि २-१ को जित हात पारेको हो।
जितसँगै पुलिसले ९ खेलबट २१ अंक जोड्यो। तेस्रो स्थानमा रहेको पुलिसले यो खेलअगावै पुलिसले सुपर लिगमा स्थान बनाइसकेको थियो। संकटा भने समान खेलबाट आठ अंकसहित घर फर्किएको छ। संकटाले अर्को वर्ष लिग छनोट खेल्नेछ।