काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले थाईल्याण्डमा भएको महिला टी ट्वान्टी क्रिकेटमा नेपालले गरेको प्रर्दशनबाट आफु सन्तुष्ट रहेको बताएकी छिन् ।
प्रतियोगिता सकेर आईतबार स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कप्तान क्षेत्रीले नेपालले अहिलेसम्मको उत्कृष्ट खेल प्रर्दशन गरेको दाबी गरिन् ।
‘अहिलेसम्म नेपालले खेलेको प्रतियोगितामा सबै भन्दा राम्रो प्रर्दशन ग¥यौ । सामग्रमा हामीले सोचेको भन्दा राम्रो प्रर्दशन गर्न सक्यौ ।’ क्षेत्रीले भनिन् ।
खेलाडीबीचको आपसी समझदारीले थाईल्याण्डमा राम्रो प्रर्दशन गर्न सकेको दाबी गर्दै कप्तान क्षेत्रीले सम्पुर्ण खेलाडीमा जितको भोक देखिएको उल्लेख गरिन् ।
फाईनल खेलमा केही नर्भस हुदाँ ठुलो अन्तरको हार ब्यर्होन परेको बताउँदै उनले टोलीले सक्दो मेहेनत गरेको उल्लेख गरिन् ।
थाईल्याण्ड भ्रमण विश्वकप छनोटका लागि उपयोगी हुने उनको कथन थियो ।
‘करिब १५ महिलापछि खेल्न पाएका थियौ । ठुला टिमविरुद्व खेल्नु अगाडी धैर्य हुन सिकाएको छ । जितेर होईन, सिकेर आएका छौ ।’ उनले थपिन्, ‘एक अर्कालाई बुझ्न प्रतियोगिता महत्वपुर्ण रह्यो । थाईल्याण्डमा गरेको कमजोरीलाई सुधार गरेर विश्वकप छनोटमा अझ राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछौ ।’