काठमाडौं। जर्मनीले बोस्निया र नेदरल्यान्ड्सविरुद्धको नेसन्स लिग खेलअघि सिनियर अन्तर्राष्ट्रिय खेल नखेलेका तीन गोलकिपरलाई छनोट गरेको छ।
मार्क आन्द्रे टेर स्टेगन घाइते भएका छन् भने म्यानुअल नुएरले युरोपियन च्याम्पियनसिपपछि सन्यास लिएका छन्। जर्मनीको टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेको गोलकिपरको अभाव छ। बिहीबार होफेनहाइमका ओलिभर बाउम्यान, साल्जबर्गका जेनिस ब्लासविच र स्टुटगार्टका अलेक्जेन्डर नुबेललाई बोलाएको छ।
यी तीनै जनाले राष्ट्रिय टोलीको पोस्ट सम्हाल्ने मौका पाएका छैनन्। पहिलो पटक छनोट भएका एकमात्र खेलाडी बोरुसिया मोन्चेनग्लाडबाखका २९ वर्षीय स्ट्राइकर टिम क्लेनडिएन्स्ट हुन्।
जर्मनीले अक्टोबर ११ मा बोस्नियासँग खेल्नेछ भने त्यसको तीन दिनपछि नेदरल्यान्ड्ससँग घरेलु मैदानमा खेल्नेछ।