काठमाडौं। महिला टी–२० विश्वकप २०२४ अक्टोबर ३ बाट सुरु हुँदैछ। यो पहिलो आईसीसी प्रतियोगिता हुनेछ जहाँ स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिनेछ। यो प्रविधि आइपिएल २०२४ र द हन्ड्रेडमा प्रयोग भइसकेको छ।
आईस्मार्ट रिप्ले प्रणाली टिभी अम्पायरलाई विभिन्न कोणबाट आउने फुटेजको तत्काल समीक्षा गरेर सही निर्णय लिन मद्दत गर्न प्रयोग गरिनेछ।
अम्पायरिङको हिसाबले अर्को महत्वपूर्ण कुरा के छ भने यसपटक महिला टी–२० विश्वकपमा अम्पायरको सम्पूर्ण प्यानल महिला मात्र हुनेछन्। त्यस्तै, म्याच अफिसियल पनि महिला हुनेछन्। पछिल्लो टी–२० विश्वकपमा पनि यस्तै भएको थियो।