काठमाडौं। इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सिरी ए क्लब बोलोग्रालाई २–० ले पराजित गरेको हो। जितसँगै ६ अंक पुर्याएको लिभरपुल पाँचौं स्थानमा छ। भ्रमणकारी टोली भने एक अंकका साथ २६औं स्थानमा यथावत छ।
लिभरपुलका लागि म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए। एलिस्टरले ११ र सलाहले ६५औं मिनेटमा गोल गरेका हुन्।