काठमाडौं। जोन डुरानको निर्णायक गोलसँगै एस्टन भिल्लाले च्याम्पियन लिगमा बायर्न म्युनिखलाई पराजित गरेको छ।
भिल्ला पार्कमा बुधबार राति भएको खेलमा घरेलु टोलीले जर्मन क्लमाथि १–० को जित निकालेको हो। लगातार दोस्रो जित हात पारेको भिल्ला ६ अंकसहित छटौं स्थानमा उक्लिएको छ। पहिलो हार बेहोरेको बायर्न भने १५औं स्थानमा छ।
खेलको २२औं मिनेटमै पाउ टोरेसले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए। तर, भिएआरले उक्त गोललाई मान्यता दिए। तर, ७९औं मिनेटमा उनकै क्रसमा डुरानले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए।