काठमाडौं। नेपाल प्रिमियर लिगको अक्सनका लागि ए क्याटोगोरीमा २७ खेलाडी दर्ता भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ।
प्रतियोगिताका लागि असोज ५ गते दर्ता प्रकृया खुला गरिएको थियो। उक्त दर्ता प्रकृया असोज १२ गते बन्द भएको थियो। ए क्याटोगोरीमा विनोद भण्डारीदेखि शरद भेष्वाकरणसम्म दर्ता भएका छन्।
प्रतिश जिसी, सूर्य तामाङ, सन्दीप जोरा, अविनाश बोहरा, आकाश चन्द, विवेक यादव, आसिफ शेख, राशिद खान, सागर ढकाल, भीम सार्की र ललितनारायण राजवंशी दर्ता भएका छन्।
यस्तै, गुलसनकुमार झा, देव खनाल, अनिलकुमार साह, वसिर अहमद, अर्जुन साउद, दिलिप नाथ, सुमन गौतम, नन्दन यादव, किशोर महतो, कमल सिंह ऐरी र हेमन्त धामी पनि ए क्याटोगोरीमा दर्ता छन्।