काठमाडौं। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० बलिङ वरीयतामा २३ स्थान सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा उनी २३ स्थान छलाङ मार्दै ७०औं स्थानमा आइपुगेका हुन्। यसअघि उनी ९३औं स्थानमा थिए।
सोमपाल कामी एक स्थान तल खस्किँदै १९औं स्थानमा पुग्दा लेग स्पिनर सन्दीप लामिछाने १०० मा अटाउन सकेका छैनन्।