काठमाडौं। नेपाली टोलीका अलराउन्डर गुलसनकुमार झाले टी-२० अलराउन्डर वरीयतामा ११ स्थान सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले बिहीबार सार्वजनिक गरेको वरीयतामा उनले ११ स्थान छलाङ मार्दै ६८औं स्थानमा आइपुगेका हुन्। यसअघि उनी ७९औं स्थानमा थिए। यस्तै, कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६०औं स्थानमा आइपुगेका छन्।
कप्तान रोहितकुमार पौडेल ५३ र करण केसी ७१औं स्थानमा कायम छन्।