काठमाडौं। श्रीलंकासँग २–० ले पराजित भएपछि टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानीबाट राजीनामा दिएका छन्।
साउदीको स्थानमा टम लाथमलाई कप्तान बनाइएको छ। लाथम भारतमा हुने आगामी सिरिजमा न्युजिल्यान्डको नेतृत्वमा देखिनेछन्।
साउथीले न्युजिल्यान्डको कप्तानीमा कुल १४ टेस्ट खेलमा ६ जित र ६ हार बेहोरेका छन्। सन् २०२२ मा केन विलियमसनले कप्तानी छोडेपछि साउदीलाई टोलीको कमाण्ड दिइएको थियो।
भर्खरै न्युजिल्यान्डले गालेमा इनिङ्स पराजय बेहोरेको थियो, जुन उनको टेस्टमा लगातार चौथो हार थियो। अफगानिस्तानविरुद्धको टेस्ट म्याच एक बल पनि नभई रद्द भएको थियो।
साउदीको आफ्नै फर्मका कारण यस वर्ष चर्चा रहे। उनले पछिल्लो ८ टेस्टमा १२ विकेट मात्र लिएका छन्। लाथमले यसअघि न्युजिल्यान्डको कप्तानी गरिसकेका छन्। सन् २०२० र २०२२ को बीचमा उनले नौ टेस्टमा टोलीको नेतृत्व गरेका थिए।
भारतविरुद्ध न्यूजिल्यान्डको तीन टेस्टको शृंखला अक्टोबर १६ बाट बैंगलोरमा सुरु हुनेछ। यो भ्रमणका लागि न्युजिल्यान्डको १५ सदस्यीय टोली छिट्टै घोषणा गरिने छ। घरेलु मैदानमा भएको टेस्ट सिरिजमा भारतीय टोलीले बंगलादेशलाई २–० ले पराजित गरेको छ।