काठमाडौं। क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ।
किङ सिटीमा मंगलबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो।
यसअघि नेपाल क्यानडासँगै १४ रनले पराजित भएको थियो। जितसँगै क्यानडाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपाल र ओमानको भने समान दुई अंक छ। ओमानले नेपालसँग खेल्न बाँकी छ। यही खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।
नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले तीन बल बाँकी छँदा चार विकेट गुमाएर पूरा गरेको हो। क्यानडाका साद बिन जाफरले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए।