काठमाडौं। बंगलादेशलाई दोस्रो तथा अन्तिम टेस्टमा पराजित गर्दै भारतले सिरिजमा क्लिन स्वीप गरेको छ।
यशस्वी जयसवाल (५१) को अर्धशतक र विराट कोहलीको २९ रनको मद्दतमा भारतले ९५ रनको लक्ष्य ३ विकेट गुमउँदै पूरा गर्यो। यसअघि बलरको बलमा भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको पाँचौ दिन बंगलादेशले २६/२ को स्थितिमा १४६ रन बनाएको थियो।
बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, सप्रित बुमराह र रविन्द्र जडेजाले ३–३ विकेट लिए। बंगलादेशका लागि शादमान इस्लाम (५०) बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोस्रो इनिङ्समा रन बनाउन सकेनन्।
पहिलो इनिङ्समा शतक प्रहार गरेका मोमिनुल हकले पनि २ रन मात्र बनाए। यसअघि भारतले पहिलो टेस्टको चौथो दिन को खेल जितेर सिरिजको सुरुवात गरेको थियो।