काठमाडौं। गोलकिपर थिबाउट कोर्टोइसले मांसपेशीको चोटका कारण बुधबार च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिडको लिलमा हुने खेल गुमाउने भएका छन्।
मड्रिडका अनुसार सोमबार गरिएको परीक्षणमा कोर्टोइसको बायाँ खुट्टामा चोट लागेको पुष्टि भएको छ।
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेल्दा कोर्टोइस घाइते भएका हुन्। उ
मड्रिडले घरेलु मैदानमा स्टुटगार्टलाई ३–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि रक्षाको सुरुआत गरेको थियो। टोलीमा केलियन एमबाप्पे पनि थिए, जो ह्यामस्ट्रिङको चोटका कारण एट्लेटिकोविरुद्धको डर्बी खेल्नबाट चुके।