काठमाडौं। क्यामरुनका महान फुटबलर स्यामुएल इटोओलाई फिफाले ६ महिनाका लागि राष्ट्रिय टिमको कुनै पनि खेलमा भाग लिन प्रतिबन्ध लगाएको छ।
सन् २०२१ देखि क्यामरुन फुटबल महासंघको अध्यक्ष रहेका इटोओलाई सोमबार उक्त प्रतिबन्ध लगाइएको हो। सेप्टेम्बर ११ मा कोलम्बियामा भएको यु–२० महिला विश्वकपमा अन्तिम १६ को खेलमा ब्राजिलले क्यामरुनलाई अतिरिक्त समयमा ३–१ ले हराएको थियो।
फिफाका अनुसार इटोओले त्यसपछि 'आक्रामक व्यवहार, निष्पक्ष खेलको सिद्धान्तको उल्लंघन' र पदाधिकारीमाथि दुव्र्यवहार गरेका थिए।
फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इटोओमाथि लगाइएको प्रतिबन्धले उनलाई सबै वर्ग र उमेर समूहका क्यामरुनका पुरुष र महिला खेलमा सहभागी हुनबाट रोकेको छ।'
सन् १९९८ देखि २०१४ सम्म क्यामरुनका लागि खेलेका ४३ वर्षीय इटोओले सन् २००६ को संस्करणमा मात्र सहभागिता जनाएका थिएनन्। उनले सन् २० र २००२ मा अफ्रिका कप अफ नेसन्सको उपाधि विजेता दुई टोलीमा खेलेका थिए।
उनले सन् २००९ मा बार्सिलोनाबाट र सन् २०१० मा इन्टर मिलानबाट च्याम्पियन्स लिग जितेका थिए।