काठमाडौं। क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीसँग नेपाल भिड्दैछ। किङ सिटीमा मंगलबार हुने खेल राति ९:४५ बजे हुनेछ।
शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।
तर, सोमबार बिहान भएको दोस्रो खेलमा गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको थियो। नेपाली त्यही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ।