काठमाडौं। भारतीय टोलीका अलराउन्डर रविन्द्र जडेजाले टेस्ट क्रिकेटमा ३०० विकेट पूरा गरेका छन्।
बंगलादेशविरुद्धको दोस्रो टेस्टको चौथो दिन खालिद महमुदको विकेट लिँदै उनले ३ ०० विकेट लिने सातौं बलर बनेका हुन्। जडेजाले महमुदको रिटर्न क्याच समातेर बंगलादेशको इनिङ्सको अन्त्य गरेका थिए।
बंगलादेशले पहिलो इनिङ्समा २३३ रन बनाएको थियो। भारतका अनिल कुम्बले (६१९), रविचन्द्रन अश्विन (५२४), कपिल देव (४३४), हरभजन सिंह (४१७), इशान्त शर्मा (३११) र जहीर खान (३११) ले ३०० टेस्ट विकेट लिएका छन्।
जडेजाले ७४ टेस्टमा यो आँकडा बनाएका हुन्। उनी इङ्ल्यान्डका इयान बोथमपछि टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ३०० विकेट र ३००० टेस्ट रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्।
यसका साथै उनी टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ३००० रन र ३०० विकेट लिने एशियाली खेलाडी पनि बनेका छन्।