काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ।
क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो।
यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ। कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापनदेखि आर्थिकपक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ।
सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।