काठमाडौं। इङ्ल्यान्डमा भएको पाँच खेलको एकदिवसीय शृंखला अस्ट्रेलियाले ३–२ ले जितेको छ। ब्रिस्टल मैदानमा भएको पाँचौ एकदिवसीय खेल वर्षाका कारण अवरोध गरेपछि अस्ट्रेलियाले डिएलएसमार्फत ४९ रनले विजयी भएको थियो।
यो शृंखलाको निर्णायक खेल थियो। खेलमा इङ्ल्यान्डको टोली पहिले खेल्दा बलियो पोजिसनमा हुँदाहुँदै पनि अस्ट्रेलियन बलिङको अगाडि एकाएक ढलेको थियो। एक समय २५ ओभरमा २ विकेट गुमाएर २०२ रन बनाएको इङ्ल्यान्डलाई यस्तो झट्का लाग्यो कि त्यसपछिका ८ ब्याट्सम्यान १०५ रन जोड्दै पेभेलियन फर्किए।
अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ६.२ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए। इङ्ल्यान्डका लागि बेन डंकेटले १०७ र कप्तान ह्यारी ब्रुकले ७२ रन बनाए। जवाफमा म्याथ्यु सर्ट र ट्रेभिस हेडको मद्दतले अस्ट्रेलियाले उत्कृष्ट सुरुआत गरेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। यदि खेल सुरु हुन सकेन भने डिएलएसका कारण अस्ट्रेलियालाई विजेता घोषित गरिएको थियो।