काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारतले साफ यु–१७ च्याम्पियनसिपको उपाधि रक्षा गर्न सोमबार बंगलादेशसँग खेल्दैछ।
खेल चाम्लिमिथाङ रंगशालामा बेलुका ६ बजे हुनेछ। सेमिफाइनलमा नेपाललाई ४–२ ले पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको हो। बंगलादेशले भने पेनाल्टी सुटआउटमा पाकिस्तानालाई ८–७ ले पाखा लगाएको हो।
समूहचरणमा पनि यी दुई टोली भिडेका थिए। उक्त खेलमा भारत १–० ले विजयी भएको थियो।