काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगमा बराबरीमा रोकिएको छ।
सोमबार बिहान एट्लेटिको मड्रिडसँग भएको खेलमा रियल १-१ गोलको बराबरीमा रोकिएको हो। जारी लिगमा रियलको यो तेस्रो बराबरी हो।
आठ खेल खेलेको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी एकमा झार्ने मौका गुमाएको छ। रियलको १८ र बार्सिलोनाको २१ अंक छ। एट्लेटिकोको समान खेलबाट १६ अंक छ।
भिनिसियस जुनियरको पासमा ६४औं मिनेटमै एडर मिलिटोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, इन्जुरी समयसम्म त्यो अग्रता कायम रहन सकेन। एन्जेल कोरियाले गोल गर्दै एट्लेटिकोलाई एक अंक दिलाए।