काठमाडौं। क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। योसँगै नेपालले ब्याटिङ पाएको हो। शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो।
क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन बनाए।
कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसैले नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछ।