काठमाडौं। बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन घाइते भएका छन्। बायर्न शनिबार बुन्डेसलिगामा बायर लेभरकुसेनसँग १–१ को बराबरीमा रोकिएको थियो।
इङ्ल्यान्डका कप्तानको घुँडामा चोट लागेको हो। खेलको ८६औं मिनेटमा उनलाई थोमस मुलरले प्रतिस्थापन गरेका थिए।
केनले आइतबार घुँडाको जाँच गर्नुपर्ने थियो। च्याम्पियन्स लिगमा बुधबार बायर्नले एस्टन भिल्लाको सामना गर्दैछ। केनले लेभरकुसेनविरुद्ध गोल गर्न नसके पनि यो सिजन बायर्नको आक्रमणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
३१ वर्षीय फरवार्डले लिगका पहिलो चार खेलमा पाँच गोल गर्नुका साथै थप ६ गोल गरेका थिए। च्याम्पियन्स लिगमा डिनामो जाग्रेबमाथि ९–२ को पहिलो जितमा चार गोल गरेका थिए। उनले बायर्नको पहिलो जर्मन कप खेलमा पनि गोल गरेका थिए।