काठमाडौं। एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस र संकटा फुटबल क्लब भिड्ने तय थियो। तर, यो खेल वर्षाको कारण रद्द भएको छ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने भनिएको थियो। तर, अर्को सूचना नआउँदासम्म खेल रद्द गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो। आठ खेलबाट १८ अंक जोडेको पुलिस शीर्ष स्थानमा रहँदै सुपर लिगमा प्रवेश गरिसकेको छ।
समान खेलमा ८ अंक रहेको संकटा भने प्रतियोगिताबाट बाहिरिसकेको छ। यो खेल दुवै टोलीका लागि जितसहित प्रतियोगिता अन्त्य गर्ने बहाना मात्रै हुनेछ।