काठमाडौं। लिभरपुलका गोलकिपर एलिसन बेकर प्रशिक्षणमा फर्किएका छन्। इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबार वुल्भरह्याम्पटन भ्रमणका लागि टोलीमा फर्किने भएका छन्।
ह्यामस्ट्रिङ इन्जुरीका कारण उनले लिगमा बर्नमाउथ र लिग कपमा वेस्ट ह्यामविरुद्धको खेल गुमाएका थिए। उक्त खेलमा लिभरपुलले ठूलो जित हात पारेको थियो। लिभरपुलका प्रशिक्षक अर्ने स्लटले ब्राजिली खेलाडीका बारेमा शुक्रबार सकारात्मक जानकारी दिएका छन्।
पछिल्लो दुई खेलमा एलिसनको स्थानमा ब्याकअप किपर काओइमिन केलेहरले स्थान लिएका थिए।
लिभरपुलले लिगका सुरुका पाँच खेलमध्ये चारमा जित निकालेको छ।