काठमाडौं। नेपालले साफ यु-१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ स्टेडियममा दिउँसो १:४५ बजे हुनेछ।
यो उमेरसमूहमा नेपाल र भारत दोस्रोपल्ट भिड्न लागेका हुन्। श्रीलंकामा भएको यसअघिको संस्करणको फाइनलमा भारतले नेपाललाई ४-० ले पराजित गर्दै उपाधि जितेको थियो। नेपाललाई त्यसको बदला सेमिफाइनलमै लिने मौका मिलेको छ।
भारत समूह ए मा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो। नेपाल भने समूह बी को उपविजेता बन्यो। नेपालले समूहचरणमा श्रीलंकालाई ४–० र भुटानलाई २–१ पराजित गर्दा पाकिस्तानसँग भने १–० को हार बेहोर्न पर्यो।
भारतले भने बंगलादेशलाई १–० र माल्दिभ्सलाई ३–० ले पराजित गर्दै समूह बी को विजेताको रूपमा अन्तिम चारमा पुगेको हो।