काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले कर्णाली प्रदेश फुटबल संघलाई ५–० ले पराजित गरेको हो।
आर्मी जितमा चन्द्रा भण्डारी, विमला चौधरी, अमिषा कार्की, दीपा शाही र दीपा राईले गोल गरे।
जितसँगै लिगमा ९ खेलबाट २२ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो। पराजित कर्णाली समान खेलबाट ४ अंकका साथ नवौं स्थानमा रहेर बाहिरियो।