काठमाडौं। रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित पाँच गोल गरेसँगै एपिएफले शीर्ष स्थानमा रहेर एन्फा महिला लिगको पहिलो चरण सक्काएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ७-० को जित दर्ता गरेको हो।
अपराजित रहेको एपिएफले जितसँगै ९ खेलबाट २५ अंक जोड्यो। बागमतीले भने समान खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सक्कायो। रश्मिले ३५,४०,५८,८२ र ८८ मिनेटमा गोल गरे। यस्तै, अनिता बस्नेत र सविता रानामगरले पनि गोल थपे।