काठमाडौं। नेपालले एएफसी यु–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूहचरणको अन्तिम खेलमा बहराइनसँग चुनौती प्रस्तुत गर्दैछ। न्यु ताइपे सिटीमा हुने खेल दिउँसो १२:४५ बजे हुनेछ।
समूह ‘बी’ मा का दुवै टोलीको समान तीन अंक रहेको छ। तीन खेल खेलिसकेको नेपाल अर्को वर्ष चीनमा हुने एसिया कपमा छनोट नहुने लगभग पक्का भइसकेको छ। यद्यपि, एक खेल कम खेलेको बहराइनको भने सम्भावना जीवितै छ।
शीर्ष स्थानको उज्बेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ। समान अंक रहेपनि कम्बोडिया अंक तालिकामा दोस्रो स्थानमा छ। यद्यपि, कम्बोडियाले एक खेल बढी खेलेको छ। घरेलु टोली चाइनिज ताइपेइ भने अंक बटुल्न संघर्षरत छ।
नेपाल कम्बोडियासँग ४–१ को पराजय बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। यो खेलमा समीर तामाङले एक मात्रै गोल गरेका थिए। उनकै ह्याट्रिकप्रेरित नेपालले चाइनिज ताइपेइलाई ३–१ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लयय गुमाउँदै उज्बेकिस्तानलाई ६–० को नतिजा सुम्पियो।
बहराइनले भने चाइनिज ताइपेइलाई १–० ले हराउँदा प्रतियोगितामा सुखद् सुरआत गरेको थियो। तर, कम्बोडियासँग त्यही नतिजाले पराजित हुन पुग्यो।