काठमाडौं। बंगलादेशका अलराउन्डर शकिब अल हसनले ट्वान्टी–२० आईबाट सन्न्यास लिएका छन्। यस वर्ष जुनमा भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्धको खेल उनको अन्तिम ट्वान्टी–२० खेल थियो।
यससँगै भारत र बंगलादेशबीच कानपुरमा हुने टेस्ट म्याच उनको अन्तिम खेल हुनसक्छ। तर, बंगलादेशमा आफ्नो लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएमा दक्षिण अफ्रिकाविरुद्ध बंगलादेशमा हुने टेस्ट सिरिजपछि घरेलु मैदानमा सन्न्यास लिने साकिब चाहन्छन्।
तर, बंगलादेशको आन्तरिक वातावरण हेर्दा दक्षिण अफ्रिका सिरिजमा पनि संकटको बादल छाएको छ। एकदिवसीय ढाँचाको सम्बन्धमा उनले च्याम्पियन्स ट्रफी खेलेपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका छन्।