काठमाडौं। लिभरपुलले इङ्लिस लिग कपमा वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ।
एनफिल्डमा बुधबार राति भएको खेलको २१औं मिनेटमा जारेल क्वानासाले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा पछि परेको थियो। तर, अर्ने स्लटको टोलीलाई पुनरागमन गर्न धेरै समय लागेन।
त्यसको चार मिनेटपछि डियोगो जोटाले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। पहिलो हाफको चार मिनेटपछि उनले नै दोस्रो गोल गरे।
७४औं मिनेटमा मोहमद सालाहले गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि एडसन अल्भारेजले दोहोरो पहेंलो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटियो।
खेलको ९०औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै घरेलु टोलीको अग्रता ४–१ मा पुर्याए। त्यसको तीन मिनेटपछि उनले अर्को गोल गर्दै लिभरपुललाई ५–१ को सहज जित दिलाए।