काठमाडौं। युवा खेलाडी इथन नवानेरीको दुई गोलको मद्दतमा आर्सनलले इङ्लिस लिग कपअन्तर्गत बुधबार राति भएको खेलमा बोल्टनमाथि ५–१ को जित निकालेको छ।
१७ वर्षीय नवानेरीले सिनियर टोलीमा डेब्यू गरेका हुन्। उनले ३६औं र ४९औं मिनेटमा गोल गरेका थिए।
त्यसअघि १६औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। ५३औं मिनेटमा आरोन कोलिन्सले बोल्टनका लागि गोल गर्दै खेल ३–१ मा ल्याए।
तर, ६४औं मिनेटमा रहिम स्टर्लिंगले अर्को गोल थपे। चेल्सीबाट आर्सनल आएपछि उनको यो पहिलो गोल हो।
काई हाभर्ट्जले ७७औं मिनेटमा गोल गरेपछि आर्सनल ५–१ ले सहजै विजयी बन्यो।