काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत जित्नै पर्ने खेलमा नेपाल पहिलो हाफमा १–० ले पछि परेको छ। समूह ‘बी’ मा रहेको नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ। चाङ्लिमिथाङ स्टेडियममा जारी खेलमा भुटानसँग नेपाल पछि परेको हो।
समूह ‘बी’को अंकतालिका भुटान र पाकिस्तानले समान दुई खेलबाट चार अंक जोडेका छन्। तेस्रो स्थानमा रहेको नेपालको तीन अंक हुँदा श्रीलंका भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिसकेको छ।
हरेक समूहबाट शीर्ष दुईमा रहने टोली अन्तिम चारमा पुग्ने भएको कारण यो खेल नेपालका लागि फाइनलसरह हुनेछ। यो खेल बराबरीमा सकिए भुटान पाँच अंकसहित शीर्ष दुईमा रहेर अन्तिम चारमा पुग्ने छ भने नेपाल घर फर्किनेछ।