काठमाडौं। नेपाल एफसी यु–२० एसियन कप छनोटअन्तर्गत तेस्रो खेलमा उज्बेकिस्तानसँग सहजै पराजित भएको छ। न्यु ताइपेइ सिटीमा बुधबार भएको खेलमा नेपाल ६–० ले पराजित भएको हो।
समूह बी मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् नतिजा दिन सकेको छैन। पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो। उक्त खेलमा नेपालको तर्फबाट समीर तामाङले मात्रै गोल गर्न सकेका थिए।
उनै समीरले दोस्रो खेलमा ह्याट्रिक पूरा गरेपछि नेपालले घरेलु टोली चाइनिज ताइपेइसँगको खेलमा ३–१ को जितसहित प्रतियोगितामा पुनरागमन गरेको थियो। तर, बुधबार उनी पनि चल्न सकेनन्। उज्बेकिस्तान भने सानदार लयमा छ। उसले पहिलो खेलमै कम्बोडियालाई ७–० को सहिलो जित हात पारेको थियो।
शीर्ष स्थानको उज्बेकिस्तानको दुई खेलबाट ६ अंक छ। एक खेल बढी खेलेको नेपालको तीन अंक छ।