काठमाडौं। अस्ट्रेलियाले २०२३ को एकदिवसीय विश्वकपपछि पहिलो हार बेहोरेको छ। मंगलबार राति भएको खेलमा अस्ट्रेलियाको टोली इङ्ल्यान्डसँग डिएलएस मेथडमा ४६ रनले पराजित भएको हो।
यो जितसँगै इङ्ल्यान्डले पाँच खेलको सिरिजमा १–२ को अग्रता बनाएको छ। सिरिजको चौथो खेल सेप्टेम्बर २७ मा लर्ड्समा हुनेछ।
चेस्टर–ले–स्ट्रिटमा मंगलबार राति भएको वर्षाले प्रभावित खेलमा घरेलु टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३०४ रन बनाएको थियो।
जवाफी इनिङ्समा इङ्लिस टोलीले ३७.४ ओभरमा चार विकेट गुमाएर २५४ रन बनाएपछि वर्षाले खेल रोक्न परेको थियो। अन्त्यमा डिएलएस मेथडअन्तर्गत इङ्ल्यान्ड ४६ रनले विजयी भएको घोषित गरियो। ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच घोषित भए। ब्रुकले ९४ बलमा अविजित ११० रन बनाए।