काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्धको अन्तिम अन्तिम समयमा सहम्लिएको भए नेपाललाई सेमिफाइनलसम्म पुग्न यतिबिग्न कठिन हुने थिएन। तर, फिनिफिङमा चुकेको नेपाल अन्तत: डिफेन्समा पनि चुक्न पुग्यो र १–० हार बेहोर्न बाध्य भयो।
अहिले त्यही हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनाइदिएको छ। यस्तो स्थितिमा बुधबार नेपाल घरेलु टोलीविरुद्ध मैदान उत्रिनेछ। चाङ्लिमिथाङ स्टेडियममा हुने खेल बेलुका ५:४५ बजे हुनेछ।
समूह ‘बी’को अंकतालिका भुटान र पाकिस्तानले समान दुई खेलबाट चार अंक जोडेका छन्। तेस्रो स्थानमा रहेको नेपालको तीन अंक हुँदा श्रीलंका भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिसकेको छ।
हरेक समूहबाट शीर्ष दुईमा रहने टोली अन्तिम चारमा पुग्ने भएको कारण यो खेल नेपालका लागि फाइनलसरह हुनेछ। यो खेल बराबरीमा सकिए भुटान पाँच अंकसहित शीर्ष दुईमा रहेर अन्तिम चारमा पुग्ने छ भने नेपाल घर फर्किनेछ।